नेपालले वेस्ट इन्डिजलाई दियो १२३ रनको सामान्य लक्ष्य

एटुजेड समाचार

काठमाडौं – नेपालले वेस्ट इन्डिजलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ । मंगलबार राति यूएईको शारजाह क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा १२२ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनीबाहेक कप्तान रोहित पौडेलले १७ र कुशल मल्लले १२ रनको योगदान गरे । सन्दीप जोराले १४ रन बनाए । बाँकी कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय स्कोर बनाउन सकेनन् ।

वेस्ट इन्डिजका बलरले उत्कृष्ट प्रदर्शन गरे । ‍तीव्र गतिका बलर रामोन सिमोन्ड्स सर्वाधिक सफल रहे । उनले चार विकेट लिए । जेडिया ब्लेड्सले २ विकेट लिए । जेसन होल्डर र स्पिनर अकिल होसेन दुवैले एक–एक विकेट लिए ।

वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितिसकेको छ । नेपालले वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ रनले हराएको थियो । दोस्रो खेलमा नेपाल ९० रनको सानदार जित निकालेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु