काम गर्ने इच्छा शक्ति भयो भने जुनसुकै कार्यालयमा नागरिकले दुःख पाउन पर्दैन : प्रजिअ अर्याल

बिरगंज – जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले काम गर्ने इच्छा शक्ति भयो भने जुनसुकै कार्यालयमा नागरिकले दुःख पाउनु नपर्ने बताएका छन् । अर्याल पर्सामा आउनुभएको छोटो समयमै जिल्ला प्रशासन कार्यालयका सेवा प्रवाहमा धेरै सुधार आएको छ ।

प्रजिअ अर्याल पर्सा आएपछि प्रशासनमा नागरिकले बिना झण्झट सहज रुपमा सेवासंगै तल्लो स्तरका नागरिकका समस्या समेत उजागर हुन थालेका छन् । नागरिकका विभिन्न समस्यामा प्रजिअ अर्यालले आफैँ सहजीकरण गरिरहनुभएको छ ।

प्रजिअ अर्यालले नागरिकलाई दिइने सेवामा सुधार आउनुका साथै जिल्लाका हरेक विषयमा सहजीकरण गरीरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘काम गर्ने इच्छा शक्ति भयो र टिम स्प्रीट मिल्यो भने जुनसुकै कार्यालयमा नागरिकले दुःख पाउनै पर्दैन ।’’

पर्सा जिल्ला काम गर्न गाह्रो छ, आनाकानी गर्दागर्दै आएको थिएँ, तर समन्वय गरेर धेरै हदसम्म पर्सा जिल्लामा समाधानको लागि भूमिका खेलेँजस्तो लाग्छ,’ अर्यालले भने ।

अर्याल पर्सा आएपछि कार्यालयलाई बिचौलियारहित सेवा प्रवाहको ग्यारेन्टी, विद्युतीय फारम कार्यालयले नै निःशुल्क भरिदिने, एकै दिनमा सेवाको ग्यारेन्टि, राहदानी र राष्ट्रियपरिचयपत्र कार्ड जुनसुकै दिन वितरण हुने व्यवस्थाको सुरु भएको छ ।

Forbes

उहाँले बिदाको दिन पनि सेवा प्रवाह गराउनुभएको छ । अर्यालले नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानिको तीनवटै सेवा एकै दिनमा दिने सेवाको सुरुवात गराउनुभएको छ । अर्याल आएपछि जिल्ला प्रशासनबा कार्यालयमा छड्के अनुगमन समेत भइरहेको छ ।

अर्यालकाे निर्देशनमा भूमी सुधार तथा मालपोत कार्यालय, पर्सा, सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, पर्सा, यातायात व्यवस्था कार्यालय, पर्सा, नेपाल विद्युत प्राधिकरण कार्यालय, पर्सा, स्वास्थ्य कार्यालय, पर्सा र डिभिजन वन कार्यालय, पर्सामा छड्के अनुगमन गरेकाे थियो।

साथै पर्सा कार्यालयमा दुई समूहमा सेवाको सञ्चालन हुने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासनमा सेवाग्राही रहेसम्म कहिलै ५ नबज्ने व्यवस्था समेत गरिएको छ । उहाँले इलाका प्रशासन र सीमा प्रशासनलाई सबै अधिकार प्रत्यायोजन गरी सेवाका लागि सदरमुकाम धाउनुनपर्ने बनाउनुभएको छ ।

पर्सा कारागारमा बन्दीको सञ्चालनको नौलो अभ्याससमेत प्रजिअ अर्यालले गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकार र प्रशासन बीच लिखित रुपमा सहभागिता मोडलको सफल अभ्यास गरेको छ ।

प्रजिअ अर्यालले बजार अनुगमनलाई तीव्रता दिनुभयो । बजारमा सञ्चालित मेडिकल र रासायनीक मल बिक्रीवितरणको अनुगमन गरी मापदण्डविपरीत काम गर्नेलाई जरिवाना र कारवाही गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले यसअघि पनि जिल्लाका अन्य स्थानीय तहहरूमा चिसो तथा शीत लहरमा न्यानो लुगा तथा दाउरा कार्यक्रमहरू सञ्चालन गर्दै आउनुभएको छ। जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने निम्न आय भएका परिवारहरूको दैनिकीमा राहत पुर्‍याउन यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको थियो ।

प्रमुख जिल्ला अधिकारीले भने, “शीतलहरले सबैभन्दा बढी प्रभाव पर्ने वर्गलाई प्राथमिकता दिँदै हामी यो अभियानलाई अझ विस्तार गर्दैछौं।” उहाँले न्यानो कपडा वितरण मात्र नभई स्थानीय तहहरूसँग सहकार्य गरेर विपद् व्यवस्थापन तथा नागरिक सेवाका अन्य कार्यक्रमहरूलाई पनि निरन्तरता दिने बताउनुभयो।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले सूचना प्रवाहलाई समेत सहज बनाएको छ । सार्वजनिक महत्त्वका हरेक विषय जिल्ला प्रशासनको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरिएको छ ।

जिल्लाका नागरिकले समेत जिल्ला प्रशासन कार्यालय पर्सा सेवा प्रवाहका हिसाबले नमुना बनेको अनुभूति गर्न थालेको बताउँदै आएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु