काठमाडौं – गृहमन्त्री सुधन गुरुङले मंगलबार उच्च सुरक्षा अधिकारीहरूसँग गृह मन्त्रालयमा छलफल गरेका छन्।
बैठकमा आईजीपी दानबहादुर कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सहभागी छन्।
केही संवेदनशील प्रकरणका फाइल खुलाउँदै उच्च तहका व्यक्तिमाथि कारबाही तयारी भइरहेको स्रोतले जनाएको छ।
यसैबीच, बिचौलिया दीपक भट्टसँगको सम्बन्ध सार्वजनिक भएपछि गुरुङमाथि राजीनामाको दबाब बढिरहेको छ।
गुरुङले भने आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको आरोप लगाउँदै कारबाही प्रक्रिया नरोकिने स्पष्ट पारेका छन्।


