रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

एटुजेड समाचार

काठमाडौं –  सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।

आयुष बडालले पेस गरेको निवेदनमाथि अदालत प्रशासनले दरपीठ गर्दै दर्ता नगर्ने निर्णय गरेको हो। यद्यपि, बडालले उक्त आदेशविरुद्ध पुनः सर्वोच्चमै निवेदन दिन सक्ने व्यवस्था छ।

एकल इजलासले दरपीठ आदेश बदर गरेमा मात्रै रिट दर्ता हुने सम्भावना रहनेछ।

बडालले सम्पत्ती शुद्धीकरणको आरोप लागेका लामिछानेलाई सांसदको हैसियतमा काम गर्न रोक लगाउनुपर्ने माग गर्दै रिट दिएका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु