भतिजो जन्मेकोमा अत्यधिक खुसी भइरहेका किशोरलाई जिउँदै जलाए

एटुजेड समाचार

मंसिर ९ – भारतको पंजाबस्थित मानसा जिल्लामा एक किशोरलाई जिउँदै जलाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । किशोर आफ्नो भतिजो जन्मेकोमा अत्यधिक खुसी हुँदै मानिसहरुलाई यसको जानकारी दिइरहेका थिए ।

मृतक किशोरको पहिचान जसप्रित सिंहको रुपमा भएको छ । उनी मजहबी सिख (दलित) परिवारका हुन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार जसप्रित सिंहका दाइ कुलविन्दर सिंहले २ वर्ष अघि छिमेकी युवतीसँग भागेर विवाह गरेका थिए । उनीहरु आफ्नो घरभन्दा टाढा बस्दथे । हालै, यी दुईले बच्चा जन्माएका थिए ।

स्रोतका अनुसार युवतीका दाई जश्नप्रीत, काकाका छोरा गुरजित सिंहविरुद्ध आरोपपत्र दर्ता गरिएको छ । यस्तै अर्का तेस्रो आरोपी राजूले किशोरको हात बाँधेर उनीमाथि पेट्रोल फ्याँकेका थिए । जिउँदै जलाएपछि किशोरलाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । मृतकको परिवारको उजुरीपछि पुलिसले तीन जना विरुद्ध मुद्दा दर्ता गरेको छ । यद्यपि, अहिलेसम्म कसैको गिरफ्तारी भएको छैन ।

मृतकका पिता सूरत सिंहले भने, ‘जसप्रितको एउटै मात्र दोष थियो । उसले दाइको छोरा जन्मिएको भन्दै मानिसहरुलाई बताइरहेको थियो ।’डिएसपी सुरेन्द्र शर्माले घटनाको अनुसन्धान चलिरहेको र आरोपीलाई चाँडै नै पक्राउ गरिने जानकारी दिए । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु