ट्रम्पलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमीद्वारा आत्मसमर्पण

एटुजेड समाचार

एजेन्सी – एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्यान लिने धम्की दिएको आरोपमा अधिकारीहरूसमक्ष आत्मसमर्पण गरेका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा विवादास्पद तस्बिर साझा गरेको कारण उनीमाथि यो मुद्दा चलाइएको हो।सन् २०२५ मा कोमीले इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गरेका थिए, जसमा समुद्री किनारका शंख र ढुङ्गाहरूलाई ‘८६ ४७’ लेखिएको शैलीमा सजाइएको थियो।

अङ्ग्रेजीमा ‘८६’ को अर्थ कुनै कुरालाई हटाउनु वा नष्ट गर्नु भन्ने बुझिन्छ भने ‘४७’ ले अमेरिकाको ४७औँ राष्ट्रपति डोनाल्ड ट्रम्प लाई संकेत गर्दछ।

अभिआयोजकहरूले यसलाई ट्रम्प विरुद्ध हिंसा भड्काउने धम्कीको रूपमा व्याख्या गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु