चितवन कोसेली घरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

एटुजेड समाचार

चितवन,साउन २६ – चितवन कोसेली घरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ चितवनको सभाहलमा भएको कार्यक्रममा बोल्दै चितवन कोसेली घरकी संयोजक रजनी मास्केले यसले खानेकुराका साथै भान्साको लागि आवश्यक पर्ने अन्य सामानहरु पनि उत्पादन गर्ने गरेको बताईन् । यस्तै मास्केले उत्पादित सामानहरुलाई विक्रि वितरण गर्ने काम पनि चितवन कोसेली घरले नै गर्दै आएका उनले जानकारी दिईन् ।

चितवन कोसेली घरमा भित्रिएको दुई महिना भएको बताउदै मास्केले छोटो समयमा पनि उत्पादन भएका सेल रोटी,मकै भटमास लगायतका अन्य खानेकुरा देश बाहिर पठाउन सफल भएकोमा खुशी ब्यक्त गरिन् । महिलाहरु आफ्नो घरपरिवार हेरचाह सँगै फुर्सदको समयमा आपको अचार,मसेउरा, पिडाँलु, मास, लगायरका खाद्यबस्तुहरु घरमा नै ढुक्क भएर बनाउन सक्ने उनको भनाई थियो ।

थोरै लगानीमा धेरै आम्दानी गर्नुको साथै नयाँ नयाँ अनुभव बटुल्न सकिने क्रियाशिल पत्रकार महिला चितवनकी अध्यक्ष प्रमिता ढकालले बताईन् । ढकालले यसलाई नयाँ तरिकाबाट अगाडि बढाउने तथा चितवनलाई चिनाउने त्यस्तो नयाँ कुरालाई व्यापकता दिनुपर्ने भनाई राखिन् । कार्यक्रममा विभिन्न स्थानिय तहबाट महिलाहरु सहभागी भएका थिए ।चितवन कोसेली घर उद्योग बाणिज्य संघ चितवनको प्रवर्द्दन एंव घरेलु तथा साना उद्योग कार्यालय चितवनको सहयोगमा सन्चालनमा आएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु