सूर्यप्रसाद अधिकारी, साउन २, चितवन । पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकाससंँगै साइबर अपराधका घटनाहरु बढ्दै गईरहेको साइबर सुरक्षा विज्ञ एवं प्रहरीले बताएका छन । आवश्यक संयन्त्र र दक्ष जनशक्तिका कारण यस्ता अपराधहरु नियन्त्रण गर्न समेत कठिन भइरहेको भन्दै उनीहरुले यस्तो बताएका हुन ।
उनीहरुका अनुसार साइबर अपराध गर्नेहरुले कुनैपनि बन्द कोठा एवं इन्टरनेटको पहुंँच भएको स्थानमा गएर विभिन्न व्यक्ति तथा संस्थाहरुको सूचना तथा डाटाहरु चोर्ने गर्दछन । जसका कारण यस्ता घटनाहरुमा बृद्धि भई नियन्त्रणमा समेत कठिनाई पर्ने उनीहरुको भनाई छ ।
अपराध अनुसन्धान महाशाखा, हनुमानढोकाका प्रवक्ता केदार ढकाल साइबर अपराधका घटनाहरु दिनहंँु बढ्दै गइरहेको बताउंँनुहुन्छ । ‘सूचना प्रविधिको जति विकास भयो अपराधका घटनाहरुपनि उत्तिकै बढिरहेका छन उहांँले भन्नुभयो , नत यसलाई बन्दनै गर्न सकिन्छ न नियन्त्रणनै ।’ महाशाखामा दिनहुँ यससम्बन्धी कुनै न कुनै उजुरी पर्दै आइरहेका्े उहांँले बताउनु भयो । अन्र्तराष्ट्रिय स्तरमा बिशेषगरी नीजि ठुला कम्पनी , बैक तथा सरकारी कार्यालयका साइट ह्याक गर्ने जस्ता साइबर अपराध भएपनि नेपालमा भने सामाजिक संजालबाट आपराधिक गतिविधि गर्ने अपराधीको संख्या बढी रहेको छ । बिशेषगरी अरुको चरित्रहत्या गर्ने, अश्लील तस्वीर भिडीयो बाट ह्यारेसमेण्ट गर्ने र बार्गेनिङ्ग गर्नेजस्ता साइबर अपराधका घटना बढि रहेको उहांँले जानकारी दिनुभयो ।
उहांँका अनुसार यस्ता अपराध गर्नेहरु प्रमाणित भएमा २ लाख जरीवाना र ५ बर्षसम्म कैदको सजायको व्यवस्था रहेको छ ।



साइबर सुरक्षा सम्बन्धी विज्ञ चिरञ्जीवी अधिकारी सामाजिक सञ्जालको प्रवेश नेपालमा झण्डै १४ बर्षअघि भएपनि नेपालमा यससम्बन्धी अपराध नियन्त्रण गर्ने संयन्त्रनै कमजोर रहेको बताउंँनुहुन्छ । ‘जसरी प्रविधिको विकास द्रुत गतिमा नेपाल भित्रियो, यसबाट हुने अपराध नियन्त्रण भने निकै फितलो छ’ उहांँले भन्नुभयो । देशमा स्पष्ट साइबर कानुन तथा जनचेतना अभावका कारण पनि यस्ता घटनामा बृद्धि हुने गरेको उहांँको भनाई छ । साइबर अपराधका घटनाहरु देशभर हुने गरेपनि हनुमानढोकाको साइबर अपराध महाशाखाले मात्र यी मुद्धा हेर्ने गरेको छ । बिशेषगरी ह्याकरहरुले आइपी – (इन्टरनेट प्रोटोकोल)लाई लुकाई विभिन्न कम्पनी तथा बैंकका साइटहरु ह्याक गरेका कारण यिनीहरुलाई पक्राउ गर्न र यस्ता गतिविधि लाई नियन्त्रण कठिन हुने अधिकारीले बताउनु भयो । ‘यो सूचना प्रविधिको युग हो यसलाई पूर्ण रुपमा नियन्त्रण त गर्न सकिदैन उहांँले भन्नुभयो , तर आपराधिक गतिविधिको दरमा भने कम गर्न सकिन्छ । ’
बिशेषगरी अपराधीले विभिन्न प्रलोभन देखाएर समाजिक सञ्जाल तथा इमेलको माध्यमबाट यस्ता अपराधहरु गर्ने गरेको बताउंँनुहुन्छ फोब्स कलेज, क्षेत्रपुरका सूचना प्रविधि शाखाका प्रमुख सुलभ अधिकारी । उहांँका अनुसार यस्ता अपराधीको तुलनामा नियन्त्रण गर्ने सुरक्षा संयन्त्रनै कमजोर रह्ेका कारण साइबर अपराधका घटनाहरु बढ्दै गईरहेको र दोषी पक्राउन पर्न मुश्किल पर्ने गर्दछ ।
नेपालमा साइबर अपराध अनुसन्धानको अभ्यास नयांँ भएको र अपराधीहरुले विभिन्न देशबाट अपराध तथा आक्रमण गर्ने हुनाले नियन्त्रण गर्न चुनौति रहेको हो । नेपालमा यस्ता घटनाहरुले ठूलो क्षति र गम्भिर असर नपरेपनि विकसित देशमा साइबर अपराध टाउको दुखाइको बिषय बनेको उहांँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय , चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला जिल्लामा साइबर अपराधका घटनासंँगै उजुरीहरु बढ्दै गएको बताउंँनुहुन्छ । उहांँका अनुसार जति यस्ता घटनाहरु बढ्दै जान्छन नियन्त्रण गर्न र दोषी समेत पक्रन कठिन हुने गर्दछ । ‘यो अपराध भर्चुअल अपराध हो, उहांँले भन्नुभयो , यस्ता दोषीहरुलाई सूचना प्रविधि र उपकरणकै माध्यमबाट मात्र पक्रिन सकिन्छ ’ । आवश्यक संयन्त्र, दक्ष जनशक्तिको अभावका कारण पनि दोषी पक्रिन समय लाग्ने गरेको उहांँले बताउनु भयो ।