काठमाडौं – मेटाको मुख्य एप, वेबसाइट र म्यासेन्जरमा अचानक आएको ठूलो प्राविधिक गडबडी उत्पन्न भएका कारण विश्वभरका लाखौँ प्रयोगकर्ताहरू समस्यामा परेका छन् । सेवामा आएको अवरोधसँगै फेसबुक प्रयोगकर्ताहरू समस्यामा परेका छन् ।
सामाजिक सञ्जाल चलाउन खोज्दा स्क्रिनमा अप्रत्याशित त्रुटि भएको वा समस्या आएको र यसलाई समाधान गर्ने प्रयास भइरहेको सन्देश मात्र देखाउने गरेको छ । इन्स्टाग्राममा पनि यस्तै समस्या देखा परेको छ ।\
मेटा कम्पनीले आफ्ना प्रयोगकर्ता लागि आधिकारिक रूपमा समस्याबारे जानकारी दिने ‘स्टेटस पेज’ नबनाएका कारण र व्यावसायिक उपकरणहरूको पृष्ठ पनि अपडेट नगरिएकाले यो व्यापक अवरोधबारे आधिकारिक जानकारी पाउन प्रयोगकर्ताहरूलाई कठिन भइरहेको छ ।


