२ दिनको तलब काटेर गार्डन रिसोर्टका कर्माचारीले दिए रंगशालालाई एक लाख

एटुजेड समाचार

चितवन, जेष्ठ १९ – भरतपुरमा रहेको चितवनको सुबिधासम्पन्न होटल गार्डन रिसोर्टले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि १ लाख १ रुपैँया सहयोग गरेको छ । होटलमा आयोजित एक कार्यक्रमका बिच होटलका प्रबन्ध निर्देशक दिलिप मैनालीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चेक हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै होटलका प्रबन्ध निर्देशक मैनालीले फाउण्डेसनले शुरु गरेको यती ठुलो परियोजना सहयोग गर्न होटल गार्डन रिसोर्ट सधैं तयार रहने बताएका छन् ।

सहयोग रकम लिदै धुर्मुसले होटल गार्डन रिसोर्टले शुरु देखी नै बिभिन्न तरिकाले रंगशालाको लागि सहयोग गर्दै आईरहेको बताए । उनले होटलले समय समयमा कार्यक्रम गर्नका लागि हल तथा बस्नका लागि कोठा उपलब्ध गराउदै सहयोग गरिरहेको जानकारी दिएका छन् । आर्थिक सहयोगका लागि गार्डन रोसोर्ट परिवारलाई धन्यवाद दिदै धुर्मुसले यो अभियान सबै नेपालीको भएकोले सबैलाई अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् ।

होटलका कार्यकारी निर्देशक दीपेन्द्र पोख्रेलले यो अभियानमा सहयोग गर्न पाउदा खुशी लागेको बताएका छन् । होटलमा कार्यरत कर्माचारीको २ दिनको पारिश्रमिक जम्मा गरेर यो अभियानलाई १ लाख १ रुपैया सहयोग गरेको उनले जानकारी दिएका छन् । उनले निर्माणधिन रंगशालामा इट्टा थप्न सकिन्छ कि भनेर सहयोग गरिएको बताएका छन् । उनले अन्य कर्पोरेट हाउसहरुलाई पनि सहयोगको लागि अपिल गरेका छन् । यस्तै उनले रंगशाला निर्माणका लागि आगामी दिनमा पनि सहयोग गर्नका लागि होटल तयार रहेको प्रतिबद्दता गरेका छन् ।

यसै बिच मनहरी क्रसर उध्योगका संचालक रेगन पन्तले रंगशाला निर्माण अभियानका लागि २ लाख सहयोग घोषणा गरेका छन् । उनले घोषित रकम केही दिन भित्रै हस्तान्तरण गरिने बताएका छन् । यस्तै उनले रंगशाला निर्माणका लागि आवश्यक परेको खण्डमा मेसिनरी सामाग्रीहरु पनी उपलब्ध गराउने बताएका छन् ।

https://www.youtube.com/watch?v=Zeb9f_EFrYY&t=381s

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू