भरतपुर – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष शिल्पा प्रधानाङ्गले बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका प्रमुख केशव प्रसाद तिमल्सिना समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
यस वित्तीय संस्थाको नबौं बार्षिक साधारण सभाबाट सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्षमा निर्वाचित प्रधानाङ्गले २०८३ साल बैंशाख १६ गते बुधबार नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका प्रमुख समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य कर्मचारी साथै वित्तीय संस्थाको तर्फबाट कम्पनी सचिव÷प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद ढकाल र बरिष्ठ प्रबन्धक रविन्द्र कुमार न्यौपाने के.सी.को समेत उपस्थिती रहेको थियो । बि.स. २०७३ सालमा स्थापना भएको यस वित्तीय संस्थाले २३ जिल्ला मार्फत ग्रामिण क्षेत्रमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


