बाढी र पहिरोले यि राजमार्ग प्रभावित, केही सडक खण्ड पूर्ण अवरुद्ध

एटुजेड समाचार

काठमाडौं । विभिन्न विपद्का घटनाहरूका कारण देशका केही स्थानहरूमा मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको आज बिहान ७ बजेसम्म अनुसार गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण यातायात अवरुद्ध बनेको हो ।

गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लामा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित उक्त स्थानमा बाढीका कारण बाटो बन्द भएको प्रहरीले जनाएको छ ।

कालिगण्डकी गाउँपालिका वडा नं. २ रोक्सेस्थित कालिगण्डकी करिडोर सडक खण्ड पहिराका कारण बाटो बन्द भए पनि हाल एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ७ औलिसेमा कर्णाली राजमार्गमा पहिरो खसेको थियो। उक्त सडक खण्डमा पनि हाल एकतर्फी मात्र बाटो खुलाइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु