आज देशका अधिकांश भूभागमा आंशिक बदली, दुई प्रदेशमा वर्षाको सम्भावना

एटुजेड समाचार

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु