राष्ट्रिय शोकका दिन रुबिन रामुदामुद्वारा भोटेकोशी बाढीपीडितका लागि रु. ३ लाख ७५ हजार ५५५ सहयोग

एटुजेड समाचार

चितवन – राष्ट्रिय शोक दिवसको अवसर पारेर सुनचाँदी व्यवसायी तथा समाजसेवी रुबिन रामुदामुले भोटेकोशी बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहत, उद्धार तथा सहयोगका लागि रु. ३ लाख ७५ हजार ५५५ सहयोग गरेका छन्।

जय सन्तोषी मा सुनचाँदी शोरुम, नारायणगढका सञ्चालकसमेत रहेका रामुदामुले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले राष्ट्रिय शोकको संवेदनशील घडीमा गरिएको सहयोगले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र विपद्मा परेकाप्रति ऐक्यबद्धताको सन्देश दिएको छ।

रामुदामु सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा युरो मोटर्सका अध्यक्ष हुन्। उनी होटल, अस्पताल तथा हिरा–जवाहरातलगायत विभिन्न व्यवसायिक क्षेत्रमा समेत सक्रिय युवा उद्यमीका रूपमा परिचित छन्।

उनी जय सन्तोषी मा सुनचाँदी पसलका संस्थापक तथा वरिष्ठ व्यवसायी ईश्वरीलाल रामुदामुका कान्छा सुपुत्र तथा नेपाल दलित संघका अध्यक्ष विपिन रामुदामुका सहोदर भाइ समेत हुन्।

लण्डनमा अध्ययन गरेका रामुदामुले विगत केही दशकदेखि नेपाली सुनचाँदी व्यवसायको विकाससँगै विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालको आर्थिक तथा व्यावसायिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्।

राष्ट्रिय शोकको यस संवेदनशील समयमा रामुदामुले गरेको उक्त सहयोगले विपद्मा परेका परिवारप्रति व्यवसायी तथा निजी क्षेत्रको सामाजिक दायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु