चितवन — रसुवामा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति एकता र मानविय भावनालाई मध्यनजर गर्दै राइट एण्ड एसोसिएट्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
राइट एण्ड एसोसिएट्स परिवारले विपद्को कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्ने उद्देश्यले रु ६ लाख १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको जनाएको छ ।
प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा जनधनको क्षति भइरहेका बेला आफ्नो तर्फबाट सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको एसोसिएट्स परिवारले जनाएको छ ।
सहयोगले विपद्बाट प्रभावित परिवारहरूलाई राहत, आशा र हौसला प्रदान गर्न सक्ने विश्वास व्यक्त गर्दै आफ्नो परिवारले यस दुःखद् घडीमा सम्पूर्ण प्रभावित नागरिकहरूसँग आफूहरू साथमा रहेको जनाएको छ।


