काठमाडौं – हङकङ सरकारले चीन-नेपाल सीमा नजिकै तिब्बतस्थित केरुङ काउन्टीमा आएको भीषण बाढीबाट प्रभावितहरूका लागि विपद् राहत कोषबाट ५ करोड हङकङ डलर (६३ लाख अमेरिकी डलर) छुट्याएको छ।हङकङका प्रमुख कार्यकारी जोन लीले शनिबार फेसबुकमार्फत उक्त घोषणा गरेका हुन्।
‘बाढीमा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ राहतको घोषणासँगै प्रमुख कार्यकारी लीले भनेका छन्,‘प्रभावितहरू तथा मृतकका परिवारप्रति हार्दिक सहानुभूति प्रकट गर्दछु।’उनले विपद् राहत कोष सल्लाहकार समितिले प्राप्त आवेदनहरूलाई छिटो स्वीकृत गर्ने बताए।


