पक्राउको भोलिपल्टै रिहा भए दुर्गा प्रसाईं

एटुजेड समाचार

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

आइतबार राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले सोमबार जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएको थियो । तर अदालतले म्याद थप्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन् ।

प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई नियन्त्रणमा लिएको जनाएको थियो। अदालतले म्याद नदिएसँगै उनी सोमबार नै रिहा भएका छन् । यस घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु