नुवाकोटका आईटी अधिकृत १ लाख रुपैयाँ घुससहित पक्राउ

एटुजेड समाचार

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।

अख्तियारका अनुसार भुक्तानी प्रक्रिया सम्पन्न भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरेको र अनावश्यक दुःख–हैरानी दिएको भन्ने उजुरीपछि आयोगले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसस्वरूप एक लाख रुपैयाँ लिइरहेको अवस्थामा सोमबार काठमाडौं महानगरपालिका–१६, बालाजुबाट पक्राउ परेका हुन् ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङको साथबाट घुसको एक लाख रुपैयाँसँगै स्रोत खुलाउन नसकेको थप ५ हजार रुपैयाँ पनि बरामद भएको छ । आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु