चितवन — चितवनको भरतपुर महानगरपालिका–२९ भतेरी डाँडा स्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।
आज (सोमबार) बिहान करिब ११ः५५ बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ७१६ नम्बरको खुद्रा सामान बोकेको ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रकमा क्षति पुगेको छ भने चालक मकवानपुरको मनहरी गाउँपालिका–७ निवासी २७ वर्षीय अस्मिन राई घाइते भएका छन्। उनको अनुहार, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते राईको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


