धोबीखोलाको बाढी बस्तीमा पस्यो, चाबहिल र सरस्वतीनगर डुबानमा

एटुजेड समाचार

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र सुकेधारा क्षेत्रका सडक तथा भित्री गल्लीहरू जलमग्न भई स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ ।

खोलाको बाढी सडक र बस्तीमा पसेर जलाशय जस्तै बनेपछि सवारी साधन ठप्प भएका छन् भने पैदलयात्रीहरूलाई आवतजावत गर्न निकै सास्ती भएको छ। पानी घर र पसलका भुइँतल्लामा समेत छिरेकाले सर्वसाधारणको दैनिक चहहलपहल पूर्ण रूपमा प्रभावित भएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु