विश्वकप लिग-२ः नेदरल्यान्ड्सविरुद्ध नेपालको कमजोर ब्याटिङ जवाफ

एटुजेड समाचार

आईसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले कमजोर जवाफ फर्काएको छ।

घरेलु टोली नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपालले अघिल्ला क्रममा ४ ब्याट्सम्यानलाई सस्तैमा गुमाएको छ।

इनिङ्सकै तेस्रो बलमा कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको नेपालका भीम सार्कीलाई १० , इशान पाण्डेलाई १६ , आसिफ शेखलाई ३९, ऐरी ६ रनमा पवेलियन फर्केका छन्।

क्रिजमा क्याप्टेन रोहित पौडेल र आरिफ शेख छन्। ३० ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाएर १०६ रन बनाएको छ।

५६ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै नोह क्रोएसले ७० र क्याप्टेन स्कट एडबार्ट्सले ५७ रन बनाए। नेपालले १७ रन अतिरिक्त दिएको थियो।

नेपालका लागि करण केसीले ४, दीपेन्द्र सिंह ऐरीले २ तथा हेमन्त धामी र ललित राजवंशीले समान एक विकेट लिए।

जारी सिरिजका यसअघिका तीनै खेलमा नेपाल पराजित भएको थियो। जारी लिग-२ को आठौं सिरिजको आफ्नो अन्तिम खेलसम्ममा नेपालले ३१ खेलबाट २४ अंकमात्र बनाएको छ। नेदरल्यान्ड ३० खेलमा ३६ अंकसहित तेस्रो स्थानमा छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु