आदर्श नारी विकास केन्द्रको वार्षिक साधारणसभा अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

एटुजेड समाचार

चितवन – आदर्श नारी विकास केन्द्रको ३५ औँ वार्षिक साधारणसभा तथा १५औँ अधिवेशनको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

भरतपुर महानगरपालिका–१०, दूरसञ्चार रोडस्थित केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन्। रक्तदातामध्ये ६ जना महिला र १८ जना पुरुष रहेका छन्। साथै, दुई जना नयाँ रक्तदाताले पहिलो पटक रक्तदान गरेको आयोजकले जनाएको छ।

केन्द्रले वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको प्राविधिक सहयोग सीएमसी ब्लड बैंकले गरेको थियो।

केन्द्रकी अध्यक्ष उषा खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–१० का वडा अध्यक्ष प्रमेश्वर खनाल प्रमुख अतिथि, भरतपुर महानगरपालिका–१२ का वडा अध्यक्ष लेखराज पन्त विशिष्ट अतिथि तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेल अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा भरतपुर महानगरपालिकाको महाशाखा प्रमुख सुशीला वाग्ले, आदर्श नारी विकास केन्द्रकी संस्थापक अध्यक्ष तथा नेपाल महिला संघकी अध्यक्ष मीना कुमारी खरेल, केन्द्रका पदाधिकारी, सदस्य, आजीवन सदस्यलगायतको उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु