साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान

काठमाडौं –  साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार पुग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अनुसार बिहान ३ बजेदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । भक्तजनहरू विभिन्न चारवटा दर्शन मार्गबाट मन्दिर प्रवेश गरी दर्शन गरिरहेका छन् । कोषका प्रतिनिधि शुशील कुमार गौतमले अहिलेसम्मको तथ्यांक संकलन भइरहेकाले ठ्याक्कै संख्या सार्वजनिक गर्न केही समय लाग्ने बताए ।

उनले भने, ‘अहिलेसम्मको तथ्यांक संकलन भइरहेको छ । बिहानदेखि राखिएको रजिस्टरको विवरणअनुसार साउनको पहिलो सोमबार साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान छ । भक्तजनहरू चारवटा दर्शन मार्गबाट दर्शन गरिरहनुभएको छ । बाहिरी क्षेत्र परिक्रमा तथा घुम्न आउने भक्तजनको संख्या पनि थप करिब १ लाख पुग्ने अनुमान गरिएको छ ।’

उनका अनुसार दर्शन गर्ने भक्तजनबाहेक पशुपति क्षेत्र परिसर घुम्न आउने आगन्तुकको संख्या पनि उल्लेख्य रहेको छ । साँझ ५ बजेसम्म बाहिरी क्षेत्र परिक्रमा तथा घुमफिर गर्ने मानिसको संख्या करिब १ लाख पुग्ने अनुमान गरिएको छ ।

कोषले बिहानदेखि राखिएको रजिस्टर तथा व्यवस्थापन टोलीबाट प्राप्त विवरणका आधारमा दर्शनार्थीको संख्या अनुमान गरिएको जनाएको छ । साउनको पहिलो सोमबार भएकाले पशुपतिनाथ क्षेत्रमा भक्तजनको ठूलो भीड लागेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु