चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव’ सम्पन्न : १२ सय २६ जनाले गरे रक्तदान

एटुजेड समाचार

चितवन – चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ सम्पन्न भएको छ। विश्व रक्तदाता दिवसका अवसरमा पारि शनिबार भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गरिएको हो।

उक्त रक्तदान कार्यक्रममा १२ सय ३६ जनाले रक्तदान गरेको  ब्लड डोनर्स सोसाइटी चितवनका सदस्य सम्भु भट्टले बताए ।

भरतपुरलाई अस्पतालहरूको सहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले सो कार्यक्रम गरिएको हो ।

हरेक वर्ष जुन १४ मा विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे सचेतना फैलाउने, रक्तदानका लागि प्रेरित गर्ने र रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको छ ।

रक्तदान महोत्सव ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा भएको थियो ।  सोसाइटीले विशेषगरी रक्त व्यवस्थापनको क्षेत्रमा विगत पाँच वर्षदेखि उल्लेखनीय काम गर्दै आएको छ । अघिल्लो वर्ष विश्व रक्तदाता दिवसका अवसरमा विभिन्न क्षेत्रका अभियन्ता र रक्तदातालाई सङ्गठित गरी पहिलो रक्तदान महोत्सव आयोजना गरेको थियो ।”

गत वर्ष आयोजित पहिलो रक्तदान महोत्सव नेपालमै एकै दिनमा सबैभन्दा बढी रगत सङ्कलन भएको कार्यक्रममध्ये एक थियो । उक्त महोत्सवमा एक हजार ७१७ पिन्ट रगत सङ्कलन भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु