आजको मौसम: तपाईंको क्षेत्रमा पर्छ कि पर्दैन पानी?

एटुजेड समाचार

काठमाडौं – आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ।

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रतर्फ कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको योग देखिएको छ।

आज रातिको मौसममा भने केही परिवर्तन आउने महाशाखाको पूर्वानुमान छ। रातिको समयमा देशको हिमाली भू-भागमा साधारणतया बादल लागिरहे पनि पहाडी भू-भागमा आंशिक बदली मात्र हुनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यद्यपि, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु