भरतपुर – चितवन उद्योग वाणिज्य संघले बुटवल उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो ।
स्वागत एवम् छलफल कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले यस किसिमको कार्यक्रमले व्यवसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पु¥याउने बताउनुभयो । चितवन उद्योग वाणिज्य संघको संक्षिप्त जानकारी दिंदै अध्यक्ष सुवेदीले यस्ता किसिमका भेटघाटले दुवै क्षेत्रका उद्योगी व्यवसायीको समस्या पहिचान गरी सम्बन्धित निकायसँग पहल गर्नुपर्ने दुवै संघका साझा समस्याहरूको पनि पहिचान हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले चितवन उद्योग वाणिज्य संघले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गर्दै आफ्नो संघको संक्षित जानकारी दिनुह“ुदै व्यवसायिक ऐक्यवद्धताका लागि चितवन उद्योग वाणिज्य संघ र बुटवल उद्योग वाणिज्य संघ स“गस“गै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य सुमनकुमार श्रेष्ठले उद्योगी व्यवसायीका समस्या आर्थिक नीति, राजश्व नीति, कर प्रणाली लगायतका नीति व्यवसाय मैत्री निर्माणमा चितवन र बुटवल उद्योग वाणिज्य संघ सहकार्य गरेर जाने बताउँदै भ्रमण सफलताको शुभकामना दिनुभएको थियो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा पदाधिकारी उद्योगी व्यवसायी गरी १९ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, राजन पिया, संघका कार्यसमितिका सदस्यज्यूहरू संघका कर्मचारीहरूको उपस्थिति रहेको थियो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।


