गर्मी मौसममा प्रायः पाइने काँचो आँप स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। यसले शरीरलाई ताजगी दिने मात्र होइन, विभिन्न स्वास्थ्य लाभ पनि पुर्याउने विश्वास गरिन्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
काँचो आँपमा प्रशस्त भिटामिन C हुने भएकाले शरीरको रोगसँग लड्ने क्षमता मजबुत बनाउन मद्दत गर्छ।
पाचन सुधार गर्छ
यसले पाचन प्रणालीलाई सक्रिय बनाइ अपच र कब्जियतको समस्या कम गर्न सहयोग गर्छ।
शरीरलाई ताजगी दिन्छ
गर्मीमा हुने थकान र कमजोरी कम गर्दै शरीरलाई स्फूर्त बनाउँछ।
डिहाइड्रेसनबाट जोगाउँछ
यसले शरीरमा पानीको सन्तुलन कायम राख्न सहयोग गर्छ, जसले गर्मीमा राहत दिन्छ।
एन्टिअक्सिडेन्टको स्रोत
यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषलाई क्षति हुनबाट बचाउन मद्दत गर्छ।
तर काँचो आँप अत्यधिक सेवन गर्नु भने हानिकारक हुन सक्छ। धेरै खाँदा पेट दुख्ने, ग्यास, अपच तथा एसिडिटीको समस्या देखिन सक्छ। केही व्यक्तिमा एलर्जी वा घाँटीमा असहजता पनि हुन सक्ने चिकित्सकहरू बताउँछन्।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार काँचो आँप सन्तुलित मात्रामा सेवन गर्नु उपयुक्त हुन्छ। नुन वा मसला मिलाएर खाने गर्दा स्वादसँगै पाचनमा पनि सहजता आउने सुझाव दिइन्छ।


