गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

एटुजेड समाचार

गुल्मी : गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी अन्दाजी ३४ वर्षीय लक्ष्मण थापा र सोही स्थानका अन्दाजी ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङ गुल्मीबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विकको कमाण्डमा ४ जनाको टोली तथा इलाका प्रहरी कार्यालय रिडी गुल्मीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले घटनास्थलबाट दुई जनालाई उद्धार गरी रिडी प्राथमिक अस्पताल पठाएका थिए। उपचारको क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु