काठमाडौं – आईसीसी विश्वकप लिग– टू सिरिजको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलल व्याटिङ गर्ने निर्णय गरेका हुन्।
जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा पराजित भएको छ।
त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो।
लिग–२ मा नेपाल २३ खेलमा १६ सहित सातौं स्थानमा छ । ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ। त्यस्तै एकदिवसीय खेलमा नेपाल र ओमान अहिलेसम्म ८ पटक आमने सामने भएका छन्।
जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ । नेपाल आजको खेलमा जित हासिल गर्दै ओमानविरुद्ध बदला लिने दाउमा छ।


