“चितवनमा १७ सुपरिवेक्षक र १३३ गणकसहित आर्थिक गणना सुरु”

एटुजेड समाचार

चितवन – नेपालमा दोस्रो पटक राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनमा आएको छ। देशको समग्र अर्थतन्त्रको यथार्थ चित्र प्रस्तुत गर्ने उद्देश्यले यो गणना सुरु गरिएको हो।

यस अभियानअन्तर्गत देशैभरिका विभिन् जिल्लामा गणना कार्य अघि बढाइएको छ। सोही क्रममा चितवन जिल्लामा  “जिल्ला आर्थिक गणना कार्यालय” स्थापना गरी काम भइरहेको छ। उक्त कार्यालयअन्तर्गत १ जना जिल्ला आर्थिक गणना अधिकारी, १७ जना सुपरिवेक्षक तथा १३३ जना गणक परिचालन भएका छन् ।

“अर्थतन्त्र मापनका लागि आर्थिक गणना २०८२” भन्ने मूल नारासहित सञ्चालन भइरहेको यस गणना यसअघि वि.सं. २०७५ मा सम्पन्न पहिलो आर्थिक गणनापछि दोस्रो हो। प्रत्येक पाँच वर्षमा गर्ने लक्ष्य भए पनि कोभिड–१९ महामारीका कारण केही ढिलाइपछि यस वर्ष गणना सुरु गरिएको हो।

गणना कार्यमा खटिएका सुपरिवेक्षक र गणकहरूले घरघरमा पुगेर तथ्यांक संकलन गरिरहेका छन्। यसबाट देशको कुल ग्राहस्थ उत्पादन (GDP), राष्ट्रिय लेखा तथा कृषि, खानी, उद्योग, व्यापार लगायतका क्षेत्रहरूको यथार्थ अवस्था सार्वजनिक हुने अपेक्षा गरिएको छ। साथै, विभिन्न क्षेत्रका सम्भावना, चुनौती र समस्याहरू पहिचान गरी समाधानका लागि नीति निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु