रोटरी क्लबको आयोजनामा बालकुमारी माविका विद्यार्थीको मुटु जाँच

एटुजेड समाचार

चितवन – रोटरी क्लब अफ चितवनको आयोजनामा बुधबार बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरुको मुटु जाँच गरिएको छ ।

रोटरी पुननारायण उजेलीदेवी कार्डियाक केयर सेन्टरमा रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्वगभर्नर रविन्द्र पियाले बालबालिकाहरुमा हुने मुटु रोग समयमा नै थाहा पाउन सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी अभियान चलाइएको बताए ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्माले रोटरी क्लबले विश्वव्यापीरुपमा पोलियो अभियान चलाएर अब लगभग उन्मुलनको अवस्थामा पुगेको जानकारी गराउँदै आफ्नो क्लबले स्वास्थ्य सम्बन्धी धेरै कार्यक्रमहरु चलाइरहेको बताए । आफ्नै भवनमा स्वस्थ मुटुका लागि परिक्षण कार्यक्रमको सुरुवात गरेको जानकारी गराउँदै उनले यो अभियानले स्वस्थ मुटुका लागि जागरण फैलाउने र रोगबारे समयमा नै जाँच गरी उचित उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने एवं अन्य सहयोग गर्ने लक्ष्य लिइएको बताए ।

मुटु परीक्षणमा बालकुमारी माविका ३१ जना विद्यार्थीहरुको वरिष्ठ मुटु रोग विशेशज्ञ डा. मनोज श्रेष्ठले मुटुको भिडियो एक्सरे एवं अन्य जाँच गरेका थिए । कार्यक्रममा रोटरी क्लब अफ चितवनका उपाध्यक्ष एवं विद्यालय संचालक समितिका अध्यक्ष गोपाल भट्टराईलगायत रोटरियनहरुको उपस्थिति थियो ।

विद्यालयका अध्यक्ष भट्टराईले आफ्नो विद्यालयका विद्यार्थीहरुलाई मुटु परीक्षण गरी सहयोग गरेकोमा कृतज्ञता ज्ञापन गरे । अगामी कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई मुटु परीक्षणमा सहभागी गराइने क्लबका अध्यक्ष शर्माले जानकारी गराए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू