एमाले माडी नगरको अधिवेशन भोलिबाट

एटुजेड समाचार

चितवन  – नेकपा एमाले माडी नगर कमिटीको तेश्रो अधिवेशन यही माघ २६ र २७ गते माडीको बसन्तपुरमा हुने भएको छ । नेकपा एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारीले नगर अधिवेशनको तयारी सकिएको र अधिवेशनमा माडी क्षेत्रबाट २०८ जना प्रतिनिधिहरु चयन भइसकेको जानकारी दिए ।

बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा उद्घाटन र माडी क्याम्पसको सभाहलमा बन्दसत्र हुने अधिवेशनमा खुलातर्फ ३७, महिलाबाट २९, युवाबाट १७, उत्पीडित समुदायबाट १६, जनवर्गीय संगठनहरुबाट २४, मनोनित १० र हालको नगर कमिटीका सबै ७५ जना गरी २०८ जना प्रतिनिधि तथा पर्यवेक्षकहरु नगर सम्मेलनमा सहभागी रहने अध्यक्ष अधिकारीले बताए ।

गत माघ ५ गते बसेको नगरको विस्तारित बैठकले नगर अधिवेशन सम्पन्न गर्न विभिन्न समिती र उपसमिति गठन गरी कामलाई व्यवस्थित गरिएको उनले जनाए ।

नगर अधिवेशनमा पार्टीका स्थायी समिति सदस्य भानुभक्त ढकालको प्रमुख उपस्थिति, पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवी ज्ञवाली र भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजाल लगायतका नेताहरुको सहभागीता रहने जनाइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु