चितवन – नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) ‘Suzuki eVitara’ को आधिकारिक बुकिङ खुला गरेको छ। कम्पनीले चितवन अटो शोको अवसरमा यसको घोषणा गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा उद्घाट्न गरि औपचारिक लन्च गरेको हो।
कम्पनीले ‘eVitara’ को सुरुवाती मूल्य 49,99,000 तोकेको छ, जुन सीमित अवधिका लागि मात्र लागू हुने बताइएको छ। उक्त मूल्य सुरुवाती भेरियन्टमा मात्र उपलब्ध हुनेछ।
जापानी अटोमेकर सुजुकीको यो पहिलो प्रिमियम EV नेपालमा भित्रिएको हो, जसले नेपाली विद्युतिय सवारीसाधन बजारमा विश्वसनीयता, टिकाउपन र उत्कृष्ट इन्जिनियरिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
‘Suzuki eVitara’ दुई उच्च-क्षमताका ब्याट्री विकल्प—49 kWh र 61 kWh—मा उपलब्ध हुनेछ। यसले आफ्नो मूल्य वर्गमा उत्कृष्ट पावर आउटपुट प्रदान गर्ने दाबी गरिएको छ।
कम्पनीका अनुसार, यस गाडीमा अत्याधुनिक EV प्रविधि, उच्च सुरक्षा मापदण्ड र futuristic डिजाइन समावेश गरिएको छ, जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी र रोमाञ्चक बनाउनेछ।
देशभर रहेका सबै सुजुकी शो-रूमहरूमा ‘eVitara’ को बुकिङ खुला गरिएको छ। कम्पनीले सुरुवाती मूल्य सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकलाई छिट्टै बुकिङ गर्न आग्रह गरेको छ।


