चितवन – रत्ननगर नगरपालिका–७, बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा बिहीबार (पुस ११ गते) देखि हुन लागेको चितवन हात्ती तथा पर्यटन महोत्सव रोक्न अनुरोध गर्दै भारतीय अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् ।
हात्ती महोत्सवमा प्रतियोगिताका क्रममा हात्तीमाथि दुर्व्यवहार र कष्ट दिने काम हुने गरेको भन्दै अभिनेता अब्राहमले पर्यटनमन्त्री पाण्डेलाई जरुरी पत्र (अर्जेन्ट लेटर) लेखेका हुन् ।
‘यी बुद्धिमान र संवेदनशील जनावरले खेलको क्रममा शारीरिक र भावनात्मक कष्ट सहन्छन्,’ अब्राहमले पत्रमा लेखेका छन् । जनावर अधिकारवादी भारतीय संस्था पेटा इन्डियामा आबद्ध अब्राहमले जनावरलाई मनोरञ्जनको साधन बनाउन नहुने भन्दै तत्काल महोत्सव रोक्न अनुरोध गरेका छन् ।
जोन अब्राहमले नेपाल सरकारलाई पत्र लेखेको विषयलाई भारतीय सञ्चारमाध्यमले प्रमुखता दिएर समाचार प्रकाशन गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरु टाइम्स अफ इन्डिया, इन्डिया टुडे, टाइम्स नाउलगायतले अनलाइनमा समाचार प्रकाशित गरेका छन् ।
हेर्नुहोस्, जोन अब्राहमले पर्यटनमन्त्री बद्री पाण्डेलाई लेखेको पत्र :
यो पनि पढ्नुहोस् :



