पत्रकार महासंघ चितवनमा पराजुलीको नेतृत्व

चितवन – नेपाल पत्रकार महासंघको एक्काइसौँ महाधिवेशन अन्तर्गत चितवनमा भएको निर्वाचनबाट वसन्त पराजुली अध्यक्ष पदमा विजयी भएका छन् । उनी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट उठेका हुन् ।

अध्यक्ष पदमा विजयी पराजुलीले १३२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी प्रकाश ज्ञवालीले ९० मत ल्याए । ज्ञवाली प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट उठेका थिए ।

उपाध्यक्षमा दीपेन्द्र अधिकारी, महिला उपाध्यक्षमा शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे निर्विरोध भए । सहसचिवमा राजु चौधरी, कोषाध्यक्षमा कृष्ण आचार्य र महिला सदस्यमा अस्मिता पराजुली निर्वाचित भएका छन् ।

समावेशी सदस्यमा जनजातितर्फ सुनिल श्रेष्ठ र दलिततर्फ सरोज उपरकोटी निर्विरोध भएका छन् । खुला सदस्यतर्फ कुलप्रसाद काफ्ले, केशव भट्टराई, बद्री अर्याल, राजु सापकोटा, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल (सुरज), सुशील पन्त र हेमराज रिमाल निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघमा २५५ जना सदस्य छन् । निर्वाचनमा २२३ मत खसेको थियो ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु