चितवन – चितवनमा बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान चल्ने भएको छ । जिल्लाभरका ६५ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईन छ ।


गत कार्तिकमा चितवनमा ६३ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि लक्ष्य राखिएको थियो । अहिले पनि सोही संख्याको हारीहारीमा बालबालिकालाई औषधि खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ । यसका लागि सातै पालिकामा भिटामिन ए र जुकाको औषधि पठाईसकिएको छ ।
कार्यालयले पायक पर्ने केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । भिटामिन ए तथा जुकाको औषधि खुवाउँन जाँदा स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ । सरकारले हरेक वर्ष बालबालिकाहरुलाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने गरेको छ ।