काेराेनाकाे सङ्क्रमण राेक्न नेपाल-भारत सीमामा हेल्थ डेस्क

एटुजेड समाचार

झापा – दक्षिणी झापाको नेपाल-भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड-१९) स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ ।

झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सहायता कक्षको शुभारम्भ गर्नुभयाे । उहाँले भाइरसको जोखिम बढ्न नदिन सबैलाई सचेत रहन र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिनुभयो । यस कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतले पनि डिगल बैंकमा कक्ष स्थापना गरिसकेको जनाइएको छ ।

भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदान-प्रदान समेत गरेका छन् । उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले बताउनुभयो । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु