रास्वपाका पदाधिकारी निर्वाचित: कसले कति पाए मत? (सूचीसहित)

एटुजेड समाचार

 सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक हुँदा सोविता गौतमले  जित हात पारेकी छिन्।

गौतमले ७८९ मत प्राप्त गरेकी छिन्। प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरेकी छिन् ।

महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। उनले ६७३ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी मनिष झाले ३२४ मत पाए ।

सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन् । शाहले ४७१ र ढकालले ४१० मत प्राप्त गरे।

महिला सहमहामन्त्रीमा निर्वाचित भएकी निशा डाँगीले ७३७ मत प्राप्त गरिन्।

सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु