गैँडाको आक्रमणबाट एक महिला गम्भीर घाईते

एटुजेड समाचार

चितवन – गैँडाको आक्रमणबाट माडी नगरपालिका–९ कि एक महिला घाईते भएकी छिन् । इलाका प्रहरी कार्यालय माडी अनुसार भोजकुमारी विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले आज बिहान आक्रमण गरेको हो ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू