काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी

एटुजेड समाचार

काठमाडौं, असोज २५ – नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुगेका छन् । राष्ट्रपति सी चढेको एयर चाइनाको विमान अपराह्न ४ बजेर ४५ मिनेट जाँदा काठमाडौंमा अवतरण गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक भेटका लागि भारत पुगेका सी चेन्नाइबाट सिधै काठमाडौंका आएका हुन् । उनलाई नेपालस्थित समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्दैछन् ।

उनलाई विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी दिने तय भएको छ । सलामी सकिएपछि राष्ट्रपति सी सिधै सोल्टी होटल प्रस्थान गर्नेछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु