चितवन ८ असोज २०७६ चितवनकै सबै भन्दा पुरानो बिद्यालय चितवन माध्यमिक बिद्यालयमा बुधबार शुभकामना आदान प्रदान तथा लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेपालीहरुको महान् चाड बडादशै ,शुभदिपावली तथा छठ को शुभ अबसरमा कक्षा ९ ले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा नम्रता घलेको समूह प्रथम ,प्रतिस्ठा परियारको समूह द्वितीय र अनिशा को समूह तृतिय भएका छन् ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष डिल्लीराम लामिछाने मिलन को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले आफ्ना आफ्ना प्रतिभाहरुको प्रस्तुती समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामिछानेले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुको रचनात्मक कार्यक्रमहरुलाई बिद्यालय ब्यबस्थापन समितिले सदैब सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयाका प्रधानाध्यापक मुक्ति लामिछाने , बिज्ञ समुहका संयोजक जगदिश्वर खनाल , सदस्य भानु प्रसाद उपाध्याय , बिद्यालय ब्यबस्थापन समितिका सदस्य हरेराम श्रेष्ठ , शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञान बहादुर पाख्रीन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको शिक्षक अच्युत पौडेल ले जानकारी दिनुभयो । कार्यक्रम कक्षा ९ कि छात्रा लिलासिंह ठकुरिको अध्यक्षता एबम् बिद्यालयका बौद्दिक एबम् सास्कृतिक समितिकी संयोजक शिक्षिका देबि श्रीश को संयोजनमा सम्पन्न भएको थियो ।


