काठमाडौं, भाद्र २८ – सूचना प्रविधिको क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था प्रविधि पत्रकार मञ्चको अध्यक्षमा पुन: विश्वास रेग्मी चयन भएका छन् । मञ्चको काठमाडौंमा सम्पन्न छैटौँ वार्षिक साधारण सभाले रेग्मीलाई अध्यक्षमा निर्विचित निर्वाचित गराएको हो । । रेग्मी यसअघि पनि अध्यक्ष नै थिए ।
मञ्चको उपाध्यक्षमा लिभिङ विथ आईसीटी म्यागेजिनका राजन लम्साल, सचिवमा टेकपाना डटकमका गोपाल साउद, सहसचिवमा देशसञ्चार डटकमका सहदेव चौधरी र कोषाध्यक्षमा टेकपाना डटकमका रञ्जनहरी कोइराला चयन भएका छन् ।
यस्तै सदस्यहरुमा उज्यालो रेडियो नेटवर्क-उज्यालो अनलाइन डटकमका अर्जुन पोख्रेल, द हिमालयन टाइम्सकी अर्पणा आलेमगर, कारोबार दैनिकका किरण आचार्य, कान्तिपुर दैनिकका विजय तिमिल्सिना, सेतोपाटी डटकमका रविन्द्र शाही र नेपालन्युज डटकमका सन्तोष न्यौपाने सर्वसम्मत भएका छन् ।


