परिवर्तित जीवनशैलीका कारण बांँझोपन बढ्दो

एटुजेड समाचार


सूर्यप्रसाद अधिकारी , भदौ ८, चितवन । पछिल्लो समय मानिसहरुमा आएको परिवर्तित जीवनशैलीका कारण बांँझो पन बढ्दै गईरहेको छ । खानपिन, जीवनशैली र वातावरणका कारण यो समस्या बढ्दै गईरहेको चिकित्सकहरु बताउंँछन । उनीहरुका अनुसार हालसम्म विश्वभर १० प्रतिशत यो जोडीमा बांँझोपन देखिएको छ भने नेपालमा १५ सम्म प्रतिशतसम्म पुगेको छ ।
वरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर सुनीलमणी पौडेल नवविवाहित जोडीहरुमा यो समस्या भयावह बन्दै गएको बताउंँछन । उनका अनुसार मानिसमा आएको जीवनशैली, खानपान र अन्य रोगहरुका कारण बांँझोपनको समस्या बढ्दै गएको हो । हाल उनको अस्पतालमा यो समस्या लिएर दैनिक ३ – ४ जोडी आउने गरेको उनले बताए । समाजमा बांँझोपन हुनुको कारण मुख्य रुपमा महिलालाई दोषी देखाईएपनि यसको मुख्य दोष पुरुषनै रहेका छन । ‘यसको मुख्य कारण पुरुषको शुक्राणु उत्पादन हुन नसक्नु हो, उनले भने, जसले गर्दा स्त्रीको डिम्बाशयमा अण्डा उत्पादन हुन पाउंँदैन ।’ पुरुषको शुक्राणुको संख्या कम भएका कारण अण्डाशय उत्पादन नभएपनि महिलाहरुको कारणपनि गर्भ नबस्ने उनको भनाई छ,। ‘पुरुषमा शुक्राणु पर्याप्त उत्पादन नहुंँदा अण्डा बन्न पाउंँदैन, उनले भने, महिलाहरुमा पनि अण्डा बाहिनी नली ब्लक भयो भने गर्भ बस्न सक्दैन ।’ यौन संक्रमणका कारण पनि बांँझोपन बढ्दै गइरहेको उनले बताए । बिशेषगरी गर्भ बस्न मुश्किल हुने र बसेपनि दोस्रो बच्चा नभएका जोडीहरु पनि बढ्दै गइरहेको छ । चिकित्सकका अनुसार मुख्यत खाडीमुलुकमा काम गरेर फर्कने पुरुषमा शुक्राणुको मात्रा कम हुने गरेको छ ।

 

नेपालमा बांँझोपनको समस्याको कारण पुरुषमा ७० प्रतिशत र महिलामा ३० प्रतिशत मात्र रहेको अर्का स्त्री तथा प्रसुति बिशेषज्ञ डाक्टर शुबोध राज दवाडी बताउंँछन । बिहे गरेका ३५ देखि ४५ बर्ष उमेर समुहका जोडीहरुमा यो समस्या बढी देखिएको उनको भनाई छ । बिषादी मिसावट गरिएका तरकारी तथा खानाहरुबाट बांँझोपनको खतरा भएपनि हालसम्म नेपालमा यस बिषयमा अध्ययन भएको छैन । मोटोपन, सुगर एवं शारिरीक व्यायामको कमी कारण पनि पुरुषमा शुक्राणुको उत्पादन कम भई बांँझोपन बढ्दै गएको उनले बताए । जसका कारण पुरुषमा यौन क्षमता भएपनि बच्चा उत्पादन गर्न सक्ने क्षमता हुदैन । ‘यौनसम्पर्क क्षमता त हुन्छ, तर बच्चा उत्पादन गर्ने क्षमता प्राय शुन्य हुन्छ’ डाक्टर दुवाडीले भने ।

अधिकांश महिला पुरुषले ढिला बिहे गर्ने गरेका कारणपनि बांँझोपनको समस्या बढ्दै गईरहेको भरतपुर अस्पतालका स्त्री तथा प्रसुति विभागका प्रमुख श्री प्रसाद अधिकारी बताउंँछन । ‘क्यारियर बनाउने, अध्ययन सकेर मात्र बिहे गर्ने गरेका कारण पनि बांँझोपन बढ्दै गएको हो, उनले भने , जति योङ्ग उमेरमा बच्चा उत्पादन गर्ने क्षमता हुन्छ ,त्यो उमेर बढ्दै गएपछि यसको क्षमतामा ह्रास आउंँछ ।’ महिला एवं पुरुषको उमेर बढेसंँगै शुक्राणु तथा डिम्बाशयको क्रियाशीलता कम हुदै जाने उनको भनाई छ । विश्व स्वास्थ्य संगठनका अनुसार अक्सर एउटा भ्रुण निर्माणको लागि डेढकरोड शुक्राणुको आबश्यकता पर्दछ ती मध्ये ३० प्रतिशत शुक्राणु क्रियाशील हुनुपर्दछ । बांँझोपनको समस्या न्यूनिकरणको लागि जीवनशैली , खानपान र शारिरीक अभ्यासको जरुरी पर्ने चिकित्सक अधिकारीको भनाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु