कडा रुपमा प्रस्तुत भयो चितवन प्रशासन, चार किल्ला भित्र ५ जना भन्दाधेरै एकै ठाउँमा जम्मा भए कारबाही

एटुजेड समाचार

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले उनको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै क्रममा आज (आइतबार) साँझ केही बेर स्थिती तनावग्रस्त भएको थियो ।

जिल्लाको सुरक्षा व्यवस्था मजबुद बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (सोमबार)देखी थप कडाइ गर्ने भएको छ । प्रदर्शनकारीहरुले हुल्दङा र आशान्ती मच्चाएको भन्दै प्रशासनले भोलीबाट कडाई गर्ने भेएको हो ।

आज राती बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासनले प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको हो । कसैले आदेश बिपरित कृयाकलाप गरे कारबाही गरिने बताईएको छ ।

हेनुहोस् यस्तो छ प्रशासनले तोतेको चार किल्ला :

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु