सेनाको रक्षा सम्बाददाता अभिमुखीकरण तालिम शुरु

एटुजेड समाचार

भदौ ८, हेटौडा । प्रदेश नम्बर ३ मध्य पृतनापति हेडक्वाटर, हेटौडा को आयोजनामा सेनाको ५ दिने रक्षा सम्बाददाता अभिमुखिकरण तालिम आज आइतवारबाट हेटौडामा शुरु भएको छ ।
प्रदेश नम्बर ३ का सञ्चारकर्मी एवं पत्रकारलाई सेनाको काम, कर्तव्य, अधिकार र सम्बन्ध प्रगाढ बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको हो । तालिमको आज पृतनापति ताराराज पाण्डेले उद्धघाटन गर्नुभयो । उद्धघाटनपछि बोल्दै उहांँले नेपाली सेना र मिडिीयाको सम्बन्ध सुमुधुर हुनुपर्ने बताउनु भयो । सेनाका क्षेत्राधिकारभित्र परेका काम कारवाहीलाई मिडीयाले नागरिकसँग मद्धत पुरयाउन यो तालिम फलदायी हुने उहांँले विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा रक्षा मन्त्रालयका उपसचिव मनोज आचार्यले प्रस्तुतीकरण दिदै नेपाली सेनाले गर्ने आन्तरिक तथा बाह्य सुरक्षा, विपद व्यवस्थापन, सडक निर्माण जस्ता कार्यहरुमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनु भयो । अझैपनि सेनासंँग नागरिकसंँगको पहुंँच टाढा रहेको कारण मिडीयाले उनीहरुबीच पुलको काम गर्नुपर्ने बताउनु भयो । तालिममा प्रमुख सेनानी अनिल उपाध्यायले संघीय संरचनामा नेपाली सेनाको तैनाथी पृतना, बाहिनी, गण र गुल्मको काम , कर्तव्य अधिकार माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रमुख सेनानी विमलराज शर्माले डिजिटलाइज्ड युगमा न्यू मिडीया र सामाजिक सञ्जालले पारेको प्रभावको बारे चर्चा गर्नुभयो । प्रदेश नम्बर ३ का पत्रकार महासंघका अध्यक्ष प्रताप विष्टले अझैपनि सेना र संचार कर्मीको सम्बन्ध जोगी र भैसी जस्तै रहेको भन्दै पत्रकार र सेनाको सम्बन्ध सुमुधुर हुनुपर्नेमा जोड दिनुभयो । यसका लागि सेनाले आफ्ना कार्यालयमा सूचना अधिकारी तोक्नुपर्ने, संचारकर्मीसंँग सम्बन्ध स्थापित गर्न अग्रसर हुनुपर्ने उहांँको भनाई थियो । तालिममा प्रदेश नम्बर ३ का ८ जिल्लाका १५ जना पत्रकारले सहभागिता जनाएका छन । तालिम भदौ १२ गते सम्म चल्ने छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु