दिनभर शान्त रहेका रवि समर्थक साँझपख एक्कासी किन भए उग्र ?

एटुजेड समाचार

चितवन, भाद्र ८ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरु १० दिन देखी आन्दोलित भईरहेका छन् । लामिछानेका रिहाईको माग राख्दै उनिहरु बिगत १० दिन देखी आन्दोलित भएका हुन् ।

अदालतले दोस्रो पटक थप गरेको म्याद सकिए पछी आज तीनै जनालाई जिल्ला अदालत चितवनमा पेस गरिएको थियो । तर आज तीन जना मध्ये रुकु कार्की (अस्मिता) को मात्र बयान सम्पन्न भयो । आज बिहानै देखी सबैको ध्यान चितवन तर्फ केन्द्रित रहेको थियो । चितवनमा आज बिहानै देखी ठुलो संख्यामा रविका समर्थकहरु उर्लिएका थिए ।

देशका बिभिन्न स्थानबाट रविका समर्थकहरु चितवनमा भेला भएका थिए । उनिहरुले बिहानै देखी रविको समर्थनमा नारा जुलुस लगाउदै प्रदर्शन गरिरहेका थिए । प्रदर्शनकारीहरुलाई आज रवि रिहाइ हुन्छन् भन्ने विश्वास रहेको थियो । यसर्थ उनिहरुले प्रदर्शन शान्तीपूर्ण तरिकाले गरिरहेका थिए । चौबिसकोठी र जिल्ला प्रहरी कार्यालय वरीपरी जम्मा भएका प्रदर्शनकारीहरु शान्तिपूर्ण तरिकाले नै प्रदर्शन गरिरहेका थिए ।

दिनभर जसो शान्त रहेको चितवनको बातावरण साँझपख भने एक्कासी तनावग्रस्त भयो । दिनभर शान्त रहे पनि साँझपख भने प्रदर्शनकारी र प्रहरी बिच बारम्बार झडप भयो । अस्मिताको बयान सकिए पनि समय अभावको कारण आज रविको बयान हुन नसकेपछी उनका समर्थकहरु आक्रोसित भए । उनिहरुले आक्रोसमा प्रहरीको भ्यान र प्रहरी कार्यालय भित्र ढुङ्गा मुढा गर्न लागेपछी प्रहरी त्यसको प्रतिकारमा उत्रियो ।

प्रदर्शनकारीलाई तितरबितर गर्दै अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले बारम्बार गरी २ दर्जन भन्दा बढी अश्रुग्याँस प्रहार गर्‍यो । यस्तै प्रहरीले प्रदर्शनकारी माथि लाठी चार्ज समेत गर्‍यो । यस क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएको बताईएको छ । त्यस पछी प्रदर्शनकारी झनै उग्र भए । उनिहरुले लायन्सचोक देखी केन्द्रिय बस टर्मिनल सम्म चोक चोकमा टायर बाल्दै प्रदर्शन गरे भने केही गाडीमा तोडफोड गरे । यस्तै उनिहरुले भरतपुरको हाकिमचोकमा रहेको ट्राफिक आइल्याण्डमा आगजनी समेत गरे । यद्दपी त्यसबाट ठुलो क्षेती भने हुन सकेन । उनिहरुले प्रहरीको गाडी देख्ने बित्तिकै ढुङ्गा मुढा गरे ।

https://www.youtube.com/watch?v=98Nu8m1yZSU

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु