चितवन, भाद्र ८ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कंडेल र रुकु कार्की (अस्मिता) मध्य आज एक जनाको मात्र बयान भएको छ । चितवन जिल्ला अदालतमा आज अस्मिताको मात्र बयान भएको हो ।
जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार आज पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित तीनजना विरुद्ध चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ । चितवन प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले अनुसन्धान पुरा गरेपछि संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।
प्रतिबादीहरु मध्य आज अस्मिताको बयान सकिएको उनले बताए । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजालसमा रुकुको बयान भएको जानकारी दिए । बाँकी दुई जनाको बयान भने भोली हुने बताईएको छ । समय अभावको कारण दुई जना अभियुक्तको बयान भोली बिहान १० बजेबाट सुरु हुनेछ ।
भोली (सोमबार) रवि र युवराजको बयान सकिए पछी सबै तिनै जनाको बयान सम्पन्न हुनेछ । बयान सम्पन भए पछी थुनछेक प्रायोजनका लागि उनिहरुका वकिलले बहस सुरु गर्नेछन् । बहस सकिए पछी थुकछेक आद्देशको प्रकृया अघी बढ्ने श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । धेरै वकिल भएको खण्डमा र बहस भोली नसकिएको अवस्थामा भने भोली नै टुङ्गो नलाग्न सक्ने उनले बताए ।


