रवि लामिछानेका समर्थक र प्रहरी बिच झडप, प्रहरीले चलायो अश्रुग्याँस

एटुजेड समाचार

चितवन, भाद्र ८ – पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरी बिच झडप भएको छ ।

रवि लामिछाने सहित तीनै जनालाई अदालतबाट जिल्ला प्रहरी कार्यालय ल्याईए पछी ढुङ्गा प्रहार गर्दै प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्दा झडप भएको हो । प्रदर्शनकारीहरुलाई तितरबितर गर्न प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

https://www.youtube.com/watch?v=98Nu8m1yZSU

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु