काठमाडौं, भदौ १ – आज साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ रु ५०० ले घटेको छ । शुक्रबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ । चाँदी तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ ।


