माईक्रो बसको ठक्कर ‘१० वर्षको बालक’घाईते

एटुजेड समाचार

चितवन,साउन २३ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गा.पा.३ चुम्लिङटार आज बिहान दस बजे भएको दुर्घटनामा एक बालक घाईते भएका छन् ।

काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको बा ३ ख ७९५६ नं.को माईक्रो बसले जिल्ला लम्जुङ भुजुङ गा.पा.७ वस्ने पैदलयात्री १० वर्षको आयुष गुरुङ लाई ठक्कर दिँदा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते भएका गुरुङलाई पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको लागि राखिएको छ । दुर्घटना गराउने माईक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु